राजश्व छलिएको मोबाईलसहित एक पक्राउ


eShilalekh

२६ असार २०७८, शनिबार १०:५८

सिमरा : केराको पातले छोपेर अवैद्य तरिकाले ढुवानी गर्न लागिएको मोबाईल सेटसहित एक जनालाई प्रहरीले अमलेखगंजमा पक्राउ गरेको छ ।
राजमार्गमा सवारी चेकजॉचका क्रममा अमलेखगंजस्थित ईलाका प्रहरी कार्यालयले ठुलो परिमाणमा मोबाईल सेटसहित कोल्हबी ४ का ४५ वर्षिय पदमबहादुर घिमिरेलाई पक्राउ गरेको हो ।
पथलैयाबाट हेटौडातर्फ जादै गरेको प्रदेश २-०३-००१ च.१४३ न.को बोलेरो पिकअपमा केराको पात र पालले छोपेर लैजान लागिएको राजश्व छलिएका एक हजार पाच सय २० थान मोबाईल बरामद गरेको हो । गोप्य सूचना प्राप्त गरेको प्रहरीले बोलेरो पिकअप गाडी चेकजाच गर्दा लुकाएर राखिएको अवस्थामा मोबाईल भेटेको हो ।
करिब १५ लाख ८६ हजार मुल्य बराबरको मोबाईलको आवश्यक बिलबिजक नरहेको र उक्त मोबाईल राजश्व छलि ढुवानी गरेको पाएकाले थप अनुसन्धानका लागि प्रहरीले पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ । प्रहरीले चालक घिमिरे र गाडीलाई समेत अनुसन्धान कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्