महागढीमाईमा कांग्रेसको सभा सम्पन्न


eShilalekh

१५ भाद्र २०७९, बुधबार २१:५०

सिमराः बाराको महागढीमाई नगरपालिकामा बुधवार नेपाली कांग्रेसको सभा सम्पन्न भएको छ । ‘जनतासंग नेपाली कांग्रेस’ केन्द्रीय कार्यक्रम अन्तर्गत सभा सम्पन्न भएको हो ।

सभामा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद रमेश रिजाल, मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पूर्वसांसद रामअयोध्या यादव, नेपाली कांग्रेस बाराका पूर्व सभापति जयचन्द्र चौरसिया, सभापतिका प्रत्याशी शम्भुबहादुर बुढाथोकी, महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादव, प्रदेश सहमहामन्त्री जयनारायण यादव, उपसभापतिद्धय मनोज भट्ट, अमिरिलाल लाल पाल, सचिवद्धय भैयाराम यादव, राजेश रौनीयार, क्षेत्रीय सभापति विजयशंकर यादव, प्रभात चौरसियालगायत कांग्रेसको प्रदेश, जिल्ला र नगर कमिटीका पदाधिकारी र सदस्यको उपस्थिती रहेको थियो ।

उपसभापति भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव यादवले गरेका थिए । कार्यक्रममा संस्थापन पक्षका नेताकार्यकर्ताको बाक्लो उपस्थिती देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्