घोषणामै सिमित पथलैया ट्रमा सेन्टरमा सरोकार समितिको चासो, यथाशिघ्र संचालन गर्न माग


eShilalekh

१७ भाद्र २०७९, शुक्रबार १५:२९

सिमराः पूर्वपश्चि राजमार्ग र त्रिभुवन राजपथको संगम स्थलमा रहेको पथलैयामा ट्रमा सेन्टर संचालन गर्ने मधेस प्रदेश सरकारको घोषणा कार्यान्यवमा नआएपछि स्थानीय सरोकार समितिले चासो देखाउन थालेका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको दुई वर्ष वित्न लागिसक्दा पनि ट्रमा सेन्टरको काम सुरु हुन नसकेपछि जीतपुरसिमरा सरोकार समितिले चासो देखाएको हो । समितिले विज्ञप्तीमार्फत स्वास्थ्य जस्तो संवेदनशिल विषयमा गम्भिर हुन आग्रह गर्दै ट्रमा सेन्टर तत्काल संचालनमा ल्याउन माग माग गरेको छ ।

लामो समयदेखि प्रयोगविहिन अवस्थामा रहेको पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्रको भवनमा ट्रमा सेन्टर संचालन गर्ने योजना प्रदेश सरकारको अघिल्लो वर्षको नीति तथा कार्यक्रममा राखिएको थियो । तर दुई वर्ष वितिसक्दा पनि काम सुरु हुन नसकेपछि प्रदेश सरकारको सर्वत्र आलोचना भईरहेको छ ।

नीति तथा कार्यक्रममा समेटिएको र मानव स्वास्थ्यसंग जोडिएको संवेदनशिल विषयलाई सरकारले घोषणा र योजनामै सिमिति राखेकोप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको सरोकार समितिका संयोजक मनोज पौडेलले बताएका छन् । ट्रमा सेन्टरलाई प्राथमिकता नदिएर प्रदेश सरकारले मानव स्वाथ्यमा खेलवाड गरेको पौडेलको आरोप छ ।

पथलैयाबाट हेटौडासम्मको त्रिभुवन राजपथ र निजगढसम्मको पूर्वपश्चिम राजमार्गमा अस्पताल नभएका कारण सवारी दुर्घटनामा परेका घाईतेको उपचारकै अभावमा ज्यान जाने गरेको छ । उक्त दुई सडकखण्ड भित्र भएका दुर्घटनाका घाईतेलाई उपचार गर्न हेटौडा र वीरगन्जसम्म लैजानुपर्ने बाध्यता छ । तत्कालै उपचार आवश्यक पर्ने घाईतेलाई टाढा लैजानुपर्दा मानविय क्षति हुने क्रम बढ्दो रहेको संयोजक पौडेलको भनाई छ ।

ट्रमा सेन्टर बनाउने घोषणा गरेका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले २०७७ मंसीर १२ गते स्वास्थ्य तालिम केन्द्रको अवलोकन गरेका थिए । अवलोकनका क्रममा यस क्षेत्रका प्रदेश सांसद सुन्दर विश्वकर्मालगायत सहभागी थिए । तर मुख्यमन्त्री राउतले अवलोकन गरेको दुई वर्ष पुग्न लागिसक्दा पनि ट्रमा सेन्टरमा काम संचालन हुन सकेको छैन्

प्रतिक्रिया दिनुहोस्