नेपाल फोटो पत्रकार महासंघ बाराको अधिवेशन सम्पन्न, सर्वसम्मत् नेतृत्व चयन


eShilalekh

१७ भाद्र २०७९, शुक्रबार १६:०५

सिमराः नेपाल फोटो पत्रकार महासंघ बाराको दोस्रो जिल्ला अधिवेशन शुक्रवार निजगढमा सम्पन्न भएको छ । अधिवेशनले दिवाकर भण्डारीको अध्यक्षतमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत्च यन गरेको छ ।

समितिको उपाध्यक्षमा श्याम गुप्ता, सचिव ईन्दिप कोईराला, कोषाध्यक्ष प्रलाद तिमिल्सिना रहेका छन् । यसैगरी सदस्यमा प्रदीप गौतम, राधेश्याम पटेल, एसएस पटेललगायत चयन भएका छन् ।

अधिवेशनले तत्कालिन कार्यसमितिका गोकुल घोरसाईने, लक्ष्मी साह, रेशम तिवारी, प्रकाश लम्साल, सिकेन्द्र पासवान, फैजुल्लाह आलमलाई सल्लाहकार समितिमा चयन गर्ने निर्णय गरेको छ ।

नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष एवम् केन्द्रीय सदस्य जीतलाल श्रेष्ठको अध्यक्षता र बाराका अग्रज पत्रकार गोकुल घोरसाईनेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनको बन्दसत्रले वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै महासंघको भवन निर्माणका लागि निजगढ नगरपालिकासंग जग्गा प्राप्तीका लागि यसअघि गरिएको निवेदनमा गम्भिर हुन आग्रह गर्ने निर्णय गरेको छ । महासंघले लामो समयदेखी निजगढमा जमिन प्राप्तीका लागि माग राख्दै आएको छ ।

महासंघको भवन निर्माणका लागि जमिन उलपब्ध गराउन तत्कालिन नगर प्रमुख सुरेश कुमार खनालले सहमती जनाएपनि कार्यान्यवनमा ल्याउन भने सकेनन् ।

प्रतिक्रिया दिनुहोस्