पत्रकार लामिछाने समानुपातिक उम्मेदवारका लागि सिफारिस


eShilalekh

१८ भाद्र २०७९, शनिबार ०६:४५

सिमराः नेकपा एमाले पर्साको क्षेत्र नं १ बाट पत्रकार केसी लामिछानेलाई समानुपातिक सांसद उम्मेदवारमा नाम सिफारिस गरिएको छ । वीरगंजमा सम्पन्न क्षेत्रीय समन्वय समितिको बैठकले पत्रकार लामिछानेको नाम समानुपातिबाट संघीय सासद उम्मेदवारमा सफिारिस गरिएको हो ।

वीरगंजलाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशिल लामिछाने नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटीका सदस्य पनि हुन । दुई दशक भन्दा बढी समयदेखी पत्रकारितामा क्रियाशिल पत्रकार लामिछानेको पहिचान शालिन र बौद्धिक ब्यक्तिका रुमा स्थापित छ ।

अनेरास्ववियुवाट राजनीतिमा क्रियाशिल लामिछानेले अनेरास्ववियु र प्रेस चौतारी नेपालको केन्द्रीय तहमा रहेर काम गरिसकेका छन । नेपाल पत्रकार महासंघ पर्साको सदस्य, सचिव, अध्यक्ष, मधेश प्रदेशको उपाध्यक्ष हुदै हाल नेपाल पत्रकार महासंघमा प्रेस चौतारी नेपालको तर्फबाट बिजयी एक मात्र केन्द्रीय सदस्य हुन ।

यसैगरी लामिछानेलाई सम्पन्न नेकपा एमाले पर्सा क्षेत्र नं ३ को (क) प्रदेश समन्वय कमिटीको बैठकले प्रदेश सभाको समानुपातिक उम्मेदवारमा पनि सिफारिश गरेको छ । प्रत्यक्ष निर्वाचनकालागि आकांक्षी रहेका लामिछानेलाई समानुपातिक तर्फ सिफारिश गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्सा सह ईन्चार्ज राजकुमार गुप्ताको प्रमुख अतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश सभा सदस्यको लागि प्रत्यक्षमा निरराज गिरि र समानुपातिकमा लामिछानेसंगै लक्ष्मी थापा कुशवाहा, पुरन प्रसाद यादव, अशर्फ मिया, ईमाम मिया, ईन्द्रदेव महतो थारु, गौरि यादवको नाम सिफारिस गरेको छ । बैठक कमिटीका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्