राष्ट्रिय युवा संघ नेपाल जीतपुरसिमराको अध्यक्षमा हुसेन, न्यौपानेको नेतृत्वमा युथ फोर्स गठन


eShilalekh

१९ भाद्र २०७९, आईतवार ०८:२६

सिमरा: नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जीतपुरसिमरा नगर कमिटीको अध्यक्षमा आरिफ हुसेन चयन भएका छन् । सिमरामा शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनले हुसेनको नेतृत्वमा ५५ सदस्यीय कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा नारायण जमकट्टेल, सचिव आयुब खान, सहसचिव अतिश श्रेष्ठ, सुनिल मैनाली, कोषाध्यक्ष सरिता बैजु रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यमा सप्पन्न अधिवेशनमा  एमाले मधेश प्रदेश सदस्य एवम्  पूर्व जिल्ला कमिटी अध्यक्ष देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रदेश सदस्य दिनेश्वर ठाकुर, चयन गुरुङ, एमाले बारा उपसचिव अमृत शर्मा बजगाई, जिल्ला कमिटी सचिवालय सदस्य मनोज पौडेल, युवा संघ मधेस प्रदेश इन्चार्ज सीता सुवेदी, युवा संघ केन्द्रीय सदस्य इराज कोइराला, नगर सचीव रत्न उप्रेती, नगर उपससचिव एवम् अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य त्रिलोक बिक्रम शाह, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज तिलक घलान, सह इन्चार्ज भावना आचार्य, जिल्ला अध्यक्ष राम यादव, वडाध्यक्ष धनबहादुर श्रेष्ठ, सुनिल गुप्ता, सुवास श्रेष्ठ, कैमुदिन अंसारी, मुस्तकिम अंसारीलगायतको उपस्थित रहेको थियो ।

सोही कार्यक्रमकाबीच श्याम न्यौपानेको अध्यक्षतामा युथ फोर्स जीतपुरसिमरा नगर कमिटी गठन भएकाे छ । ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा बिशाल चौलागाई, सचिव रामजि गुप्ता, सहसचिव अनिश खडकालगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्