भलुहीमा प्रहरी र डाँका समुहबीच झडप: एक प्रहरीसहित तीन घाइते


eShilalekh

१९ भाद्र २०७९, आईतवार ०९:५८

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा डाँकाको समूह र प्रहरीबीच झडप भएको छ । भलुहीस्थित एरोटेक प्रालिमा डकैती गर्न आएको समूह र प्रहरीबीच झडप भएको हो ।

झडप एक प्रहरीले अधिकृत र दुई जना डाँका घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी बरिस्ठ नायव निरीक्षक कलमबहादुर शाही रहेका छन् ।

टाउकोमा चोट लागेका घाइते शाहीको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ । घाइते डाँकाको भने प्रहरी निगरानीमा सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । झडपकै क्रममा घाइते भएका डाँकालाई नियन्त्रणमा लिन सफल प्रहरीले आफ्नो निगरानीमा उपचार गराइरहेको हो ।

एरोटेक प्रालिमा राती १२:३० बजे १०-१२ जना समुहमा रहेका डाँका हतियारसहित उधोग भित्र पसेको सूचना पाएपछी जीतपुरबाट शाहीको नेतृत्वमा ६ जना प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी पुगेलगत्तै दोहोरो  झडप सुरु भएको थियो ।

झडपका क्रममा डाँकाको समुहले एक राउन्ड र प्रहरीले तीन राउन्ड हवाइ फायर समेत गरेको थियो । सोही क्रममा प्रहरी बरिस्ठ नायब निरीक्षक शाहीलाई डाँकाले हतियारको बिडले टाउकोमा प्रहार गरेका थिए ।

प्रहरीले डकैती गर्न आएकामध्ये दुई जनलाई हतियारसहित नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले दुई थान बन्दुक र त्यसमा लाग्ने तीन थान गोलिसहित नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ पर्नेमा जीतपुरसिमरा ९ का जयराम पासवान र जीतपुरसिमरा १० का जवाहिर महतो रहेका छ्न । प्रक्राउ परेकामध्ये महतोको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्