सिमरा महिला सहकारीको १५औं साधारणसभा सम्पन्न


eShilalekh

१९ भाद्र २०७९, आईतवार ११:१९

पथलैया: सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १५औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेलले उदघाटन गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुरलगायतले मन्तव्य राखेका थिए । साधारणसभाको अवसरमा संस्थाले नव निर्वाचित जनप्रतिनिधिहरु जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, वडा नं १, २, ३, ४, ९ र १४ का वडाध्यक्ष, सदस्यलाई सम्मान गरेका थिए ।

संस्थाले यस वर्षको सिमरा महिला पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सीता अधिकारीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा योगदान पुर्याएको भन्दै अधिकारीलाई सहकारीले नगद पाँच हजारसहित सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरासिमरा उपमहानगरपालिका वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, कार्यपालिका सदस्य रामपती थरुनी,अर्जुन विक, घण्टीमाइ सकोसकी अध्यक्ष कोपिला सिंखडा, कोसेली साकोसकी मञ्जुदेव थरुनी, औराह पशुपालन सहकारीकी मनिता भण्डारी, थानीमाई सामुदायिक वन उपभोक्ता समूहका श्याम कृष्ण सुवेदी, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष सत्य श्रेष्ठ, प्रभातफेरि दुग्ध उत्पादक सहकारीका नलिन्द्रबहादुर थापा, जनकल्याण साकोसका कृष्ण रिमाल, जनप्रतिनिधिहरु उद्धव गौतम, अनितादेवी खत्री, मिरा ढकाल,पवित्रा परियार, साना किसान सहकारी सिमराका मञ्जु बानिया, साना किसान सहकारी संस्था डुमरवाना केन्द्रका चम्पा पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष मुना खरेलले स्वागत मन्तव्य राखेकी थिइन् भने  सहजीकरण सचिव भिमादेवी पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्