जसपाद्वारा प्रत्यक्षतर्फ संघमा १२ र प्रदेशमा १३ जनाको नाम सिफारिस


eShilalekh

१९ भाद्र २०७९, आईतवार २०:२४

सिमरा: जनता समाजवादी पार्टी (जसपा) नेपाल बाराले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहित जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि नामावली सिफारिस गरेको छ ।

जसपाले चार निर्वाचन क्षेत्रबाट संघमा १२ र प्रदेशमा १३ जनाको नाम प्रदेशमा सिफारिस गरेको हो । उम्मेदवार सिफारिस गर्ने क्रममा जसपा बाराले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम दुई निर्वाचन क्षेत्रमा राखेको छ ।

जसपाको क्षेत्रीय कमिटीले यादवको नाम जिल्लाका लागि सिफारिस गरेको थियो । क्षेत्रीय कमिटीबाट आएको नामावली अनुसार यादवको नाम दुई क्षेत्रबाट सिफारिस भएको हो ।

जसपाले सिफारिस गरेको नामावली:
निर्वाचन क्षेत्र नं. १ (संघ) : रामबाबु प्रसाद कुशवाहा, मनिष यादव
प्रदेश १ (क): सुरेश बैठा, बिष्णुदयाल सहनी
प्रदेश १ (ख): सरोज कुमार यादव, म. मुरतुजा अंसारी

निर्वाचन क्षेत्र नं. २ (संघ): उपेन्द्र यादव, रामसहाय प्रसाद यादव, पराग राय यादव
प्रदेश २ (क): उषा कुमारी यादव, रामबाबु प्रसाद यादव, सरदा शंकर प्रसाद साह कलवार, आत्माराम साह, विनोद यादव
प्रदेश २ (ख): बच्चा राउत अहिर, अवधभुषण प्रसाद यादव, रामकिशोरप्रसाद यादव, अमरदेव यादव, ऋषिकेश यादव

निर्वाचन क्षेत्र नं. ३ (संघ): उपेन्द्र यादव, रामबाबु कुमार यादव, प्रमोद गुप्ता, सचितानन्द यादव, शंकर प्रसाद यादव
प्रदेश ३ (क): भरतबहादुर खडका, शिवनाथप्रसाद पटेल, रुपलाल चौधरी, हेमराज भट्टराई, प्रकाश चौगाई
प्रदेश ३ (ख): प्रारस प्रसाद साह, दिनेश प्रसाद पटेल

निर्वाचन क्षेत्र नं. ४ (संघ): विरेन्द्रप्रसाद कुशवाहा, भरतप्रसाद कुर्मी, आनन्दकुमार यादव
प्रदेश ४ (क): सोहन शर्मा
प्रदेश ४ (ख): रामचन्द्र सिंह, डा. धनन्जय प्रसाद यादव, सुनिलकुमार यादव, नरेश कुमार यादव, लक्ष्मीप्रसाद यादव

प्रतिक्रिया दिनुहोस्