नेकपा एमाले: तीन पोलिटब्युरोसहित आठको जनाको नाम सिफारिस


eShilalekh

१९ भाद्र २०७९, आईतवार २०:४०

सिमरा: बाराको चार वटा निर्वाचन क्षेत्रबाट नेकपा एमालेले आठ जना उम्मेदवारको नाम संघीय चुनावका लागि सिफारिस गरेको छ ।

चार निर्वाचन क्षेत्रमा आइतवार भएको भेलाले तीन पोलिटब्युरोसहित आठ जनाको नाम जिल्लामा पठाउने निर्णय गरेको हो । निर्णय अनुसार बारा निर्वाचन क्षेत्र नं. १ बाट पुरुषोत्तम पौडेल, अच्युत मैनाली र मन्जु साहको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं. २ र ४ मा सर्वसम्मत एक/एक जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य बलविर चौधरी र क्षेत्र नं. ४ बाट देवनारायण चौधरीको नाम सिफारिस भएको हो । यसैगरी क्षेत्र नं. ३ बाट ज्वालकुमारी साह, अध्यानन्द पाण्डे र एम समिउल्लाहको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्