नेकपा माओवादी केन्द्र बाराले गर्यो एक सय भन्दा बढीको नाम सिफारिस (सूचिसहित)


eShilalekh

२२ भाद्र २०७९, बुधबार १४:१२

सिमराः नेकपा माओवादी केन्द्र बाराले जिल्लाको मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रको मंगलवार बसेको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको हो ।

बैठकले चार वटै निर्वाचनमा उम्मेदवारका लागि आकांक्षा देखाएका एक सय २३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा प्रतिनिधि सभा क्षेत्र नं. १ बाट पोलिव्युरो सदस्य गोपाल ठाकुर समेत छन् । यसैगरी प्रतिनिधि सभा क्षेत्र २ मा शिवचन्द्र कुशवाहाको नाम एकल सिफारिस भएको छ ।

बैठकले माओवादी केन्द्रकी गिता कंडेललाई क्षेत्र नं. ३ बाट अघि सार्ने गरी सिफारिस गरेको छ । क्षेत्र नं. ४ मा भने माओवादी केन्द्रका दुई नेता क्षेत्रबहादुर श्रेष्ठ र जयराम दहालबीच टिकटका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।

यि हुन् माओवादी केन्द्र बाराले प्रतिनिधिसभा र प्रदेश सभाका लागि सिफारिस गरेको नामावलीः

बारा निर्वाचन क्षेत्र नं. १ (प्रतिनिधिसभा)
प्रत्यक्षः डा. गोपाल ठाकुर र श्यामकिशोर यादव
समानुपातिकः युवराज लामा मोहन खडका, श्रीमाया बल, धनमाया बल, हेम कर्ण, जंगबहादुर साह, मासुम खातुन, बासु चौधरी, उर्मिला देबी कोइरी र सकिना खातुन

बारा निर्वाचन क्षेत्र नं. १ (क) (प्रदेशसभा)
प्रत्यक्षः हरी चौलागाईं (लालकिरण), तपेश्वर चौधरी, रविराज दंगाल बेनिबहादुर मोक्तान, अमृतकुमार पंजियार, रमेश अर्याल र महेश्वर अधिकारी
समानुपातिकः संजिव लोप्चन, तारा खडका, धन बहादुर सुलवाल, शेख अंजर हुसेन, छिरिका बल, जगजिवन कुवर, रामचन्द्र धोबी, छविलाल चौधरी, सीता देवकोटा, खडक चौधरी र रामएकवाल सहनी

बारा निर्वाचन क्षेत्र नं. १ (ख) (प्रदेशसभा)
प्रत्यक्षः गजेन्द्रप्रसाद यादव र संतोष कुमार कुशवाहा
समानुपातिकः सरोज ठाकुर, रामबाबु मेहता, पार्वती फौजदार, सलट महरा, सुमिता देबी, शिलादेवी राम, मदन ठाकुर, देवशरण साह कानु र रामविनोद यादव

बारा निर्वाचन क्षेत्र नं. २ (प्रतिनिधिसभा)
प्रत्यक्षः शिवचन्द्र कुशवाहा
समानुपातिकः देवीप्रसाद पराजुली र मंगनी मुखिया

बारा निर्वाचन क्षेत्र नं. २ (क) (प्रदेशसभा)
प्रत्यक्षः मिश्रीलाल सहनी, फनिन्द्रराज सुवेदी, श्रीनारायण कुशवाहा
समानुपातिकः फुलकुमारी, सुरेशप्रसाद यादव, धुपा पासवान, रहकमुद्दिन अंसारी

बारा निर्वाचन क्षेत्र नं. २ (ख) (प्रदेशसभा)
प्रत्यक्षः चन्देशवरप्रसाद साह, विरेन्द्रप्रसाद यादव, श्रीभगवान गिरी
समानुपातिकः चन्द्रीका सिंह, निर्मला देवी जयसवाल, बिजय साह, जयकिशुन कुशवाहा, रामकुमार पंडित, सुरेश यादव, जाहिर मियाँ र बिन्देश्वर पासवान

बारा निर्वाचन क्षेत्र नं. ३ (प्रतिनिधिसभा)
प्रत्यक्षः गिता कंडेल र सोनालाल साह
समानुपातिकः सुनिल कुशवाहा, कुसुम ठकुरी, जयराम यादव, हरीनारायण सिंह, संजिता पटेल र नेवाजी मियाँ

बारा निर्वाचन क्षेत्र नं. ३ (क) (प्रदेशसभा)
प्रत्यक्षः गिता कंडेल, मुकेश साह, राजु अधिकारी, उमेश यादव, केदार बजगाईं, रामशरण बर्तौला, राजन चौधरी, भरत भण्डारी र तिर्थ गुरुङ
समानुपातिकः फुलकुमारी, सुरेशप्रसाद यादव, धुपा पासवान, रहकमुद्दिन अंसारी

बारा निर्वाचन क्षेत्र नं. ३ (ख) (प्रदेशसभा)
प्रत्यक्षः रमेश साह, बाबुजान हवारी, सुनरपती देबी र संदिप यादव
समानुपातिकः प्रभु यादव, जरिना बेगम, तपसुम आरा, घरभरनी मण्डल, बिक्रम साह, राजेश तिवारी

बारा निर्वाचन क्षेत्र नं. ४ (प्रतिनिधिसभा)
प्रत्यक्षः क्षेत्र बहादुर श्रेष्ठ (अनिल) र जयराम दहाल
समानुपातिकः लिला खनाल, कयामुदिन मंसुरी, राजदेवकुमार साह, धर्मबहादुर श्रेष्ठ, उर्मिला कुशवाहा, गम्भीरा सहनी र अवध पोखरेल

बारा निर्वाचन क्षेत्र नं. ४ (क) (प्रदेशसभा)
प्रत्यक्षः प्रेम बराल, मिनप्रसाद अपागाईं, बेनीप्रसाद अधिकारी
समानुपातिकः मनिक लामा, रेश्मा चौधरी, अमरुल नेशा, रुकु तामाङ, सुमित्रा कार्की (शोभा), श्यामसुन्दर पासवान, राम चन्द्र महतो, रंजन यादव र रामचन्द्र अधिकारी

बारा निर्वाचन क्षेत्र नं. ४ (ख) (प्रदेशसभा)
प्रत्यक्षः राजु देवान, मोजाइद अंसारी, शुभनरायण जयसवारको र दिपेन्द्र कुशवाहा
समानुपातिकः लवकुश बैठा, जहिर अंसारी, बिवेक कुमार साह, छोटेलाल कुर्मी, अक्षय ओझा, भिखारी साह कानु र शिला अधिकारी यादव

प्रतिक्रिया दिनुहोस्