कांग्रेस बारामा चरम गुटबन्दी, दुई गुटको छुट्टाछुट्टै नाम सिफारिस (सूचिसहित)


eShilalekh

२२ भाद्र २०७९, बुधबार १९:०४

सिमराः मंसीर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेस बाराले छुट्टाछुट्टै नाम सिफारिस गरेपछि कार्यकर्ता अन्यौलमा देखिएका छन् । आन्तरिक द्धन्द्ध र चरम गुटबन्दीमा अल्झिएको कांग्रेसभित्रको दुई गुटले छुट्टाछुट्टै नाम सिफारिस गरेपछि कार्यकर्तामा अन्यौलता देखिएको हो ।

कांग्रेसको केन्द्रीय तहमा नेतृत्व गर्ने दुई सहमहामन्त्री फरमुल्लाह मंसुर र उमाकान्त चौधरी पक्षका जिल्लास्थित नेताले उम्मेदवारका लागि सिफारिस गरेको नामावली छुट्टाछुट्टै छ । गुटका कारण दुई समूहमा विभाजित जिल्लास्थित पदाधिकारीले जिल्ला कार्यसमितिको लेटर प्याडमा फरक-फरक नाम सिफारिस गर्दै आफूहरुले सिफारिस गरेको नामावलीनै आधिकारीक रहेको दाबी समेत गरेका छन् ।

केन्द्रीय तहमा सभापति शेरबहादुर देउवा पक्षमै रहेका सहमहामन्त्रीद्धयको समिकरण जिल्लामा भने फरक छ । मन्त्री चौधरी कृष्णप्रसाद सिटौला पक्षका हुन् भने पूर्वमन्त्री मंसुर देउवाको विश्वासिलो पात्र हुन् । तर जिल्लामा भने दुवै नेताको नेतृत्वमा छुट्टाछुट्टै गुट छ ।

केन्द्रीय सभापति देउवा निकटकै जिल्ला सभापति राजेश राय यादव सहमहामन्त्री मंसुरको विपक्षमा देखिदा शेखर कोईराला निकट रहेका जिल्ला उपसभापति मनोज भट्टसहितका नेता मंसुरको पक्षमा देखिन्छन् । यसैगरी देउवा र कोईराला निकट रहेका जिल्लास्थित नेता अर्का सहमहामन्त्री चौधरीको पक्षमा रहेका छन् ।

खानेपानी मन्त्री एवम् बारा क्षेत्र नं. १ का सांसद समेत रहेका चौधरी पक्षका नेताले गरेको सिफारिसमा जिल्ला सभापति यादवले हस्तारक्षर गरेका छन् भने मंसुर पक्षका नेताले गरेको सिफारिसमा जिल्ला सचिवद्धय भैयाराम यादव र राजेश रौनियारले हस्तारक्षर गरेका छन् ।

मंसुर पक्षका जिल्ला पदाधिकारीले भदौ १९ गते सिफारिस गरेका छन् भने र चौधरी पक्षका जिल्ला पदाधिकारीले भदौ २० गते विज्ञप्तीमार्फत नामावली सार्वजनिक गरेका छन् । बारा क्षेत्र नं. १ मा मंसुर पक्षका पदाधिकारीले शम्भुबहादुर बुढाथोकी, विजयशंकर यादव र शैलेन्द्रकुमार फौजदारको नाम सिफारिस गर्दा चौधरी पक्षबाट मन्त्री चौधरीको नाम एकल सिफारिस गरिएको छ ।

यसैगरी बारा क्षेत्र नम्बर २ मा मंसुर पक्षबाट रामअयोध्याप्रसाद यादव र चौधरी पक्षबाट राधेचन्द्र यादवको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं. ३ बाट पूर्वमन्त्री मंसुरको नाम दुवै पक्षबाट सिफारिस भएको छ । मंसुर पक्षका पदाधिकारीले गरेको सिफारिसमा मंसुरसहित रामानन्दप्रसाद यादव र प्रभातकुमार चौरसियाको नाम सिफारिस भएको छ भने चौधरी पक्षबाट मन्सुरको मात्रै नाम सिफारिस गरिएको छ ।

यसैगरी बारा क्षेत्र नं. ४ मा मंसुर पक्षबाट लालबाबु सिंह भूमिहार, ईच्छाबहादुर वाग्ले, कृष्णव्रत सिंह, कपिलदेव प्रसाद यादव र राजेश्वर चौरसियाको नाम सिफारिस भएको छ भने चौधरी समुहबाट डा. शोभाकर पराजुली, सुनिलकुमार गुप्ता कलवार, लालबाबु सिंह भूमिहार, इच्छाबहादुर वाग्ले र राजेश्वर प्रसाद चौरसियाको नाम सिफारिस भएको छ ।

यस्तो छ मंसुर पक्षबाट सिफारिस भएको नामावलीः
बारा निर्वाचन क्षेत्र नं. १ (प्रतिनिधिसभा):
विजय शंकर यादव, शम्भुबहादुर बुढाथोकी, शैलेन्द्रकुमार फौजदार
प्रदेश (क): शम्भुबहादुर बुढाथोकी, पेमासिद्धी लामा, विष्णु खड्का
प्रदेश (ख): उपेन्द्र प्रसाद जैसवाल, चन्द्रशेखर कुमार यादव

बारा निर्वाचन क्षेत्र नं. २ (प्रतिनिधिसभा):
रामअयोध्या प्रसाद यादव
प्रदेश (क): गोपाल जयसवाल, हरेन्द्रप्रसाद यादव
प्रदेश (ख): राजेशकुमार रौनियार

बारा निर्वाचन क्षेत्र नं. ३ (प्रतिनिधिसभा):
फरमुल्लाह मंसुर, रामानन्दप्रसाद यादव, प्रभातकुमार चौरसिया
प्रदेश (क): मनोजकुमार शर्मा भट्ट, राजेशकुमार भण्डारी, देवेन्द्रप्रसाद उपाध्याय, शरदचन्द्र भट्टराई, ओमराज पाण्डे, राजलालप्रसाद साह, विकल्प भट्टराई
प्रदेश (ख): जयचन्द चौरसिया, तेजनारायण साह, महमत अतिउर रहमान, फुलमहमद मिया धुनिया, राजेन्द्रकुमार जैसवार, अवधेस यादव, जंगबहादुर चौरसिया, अख्तर हुसेन मंसुर, राजेश सिंह भूमिहार, अफतर हुसेन, अम्बिका प्रसाद, अनिल मण्डल

बारा निर्वाचन क्षेत्र नं. ४ (प्रतिनिधिसभा):
लालबाबु सिंह भूमिहार, ईच्छाबहादुर वाग्ले, कृष्णव्रत सिंह, कपिलदेव प्रसाद यादव, राजेश्वर चौरसिया,
प्रदेश (क): श्यामबाबु गुप्ता, छविलाल शर्मा, टिकाराम पौडेल, ओमकृष्ण कार्की, नवराज त्रिपाठी, कपिलदेव यादव, राजु पौडेल
प्रदेश (ख): जयनारायणप्रसाद यादव, विजय गुप्ता, महेन्द्रप्रसाद गुप्ता, लालबाबु प्रसाद यादव, दिनेशप्रसाद साह, कुवेरप्रसाद साह

यस्तो छ चौधरी पक्षबाट सिफारिस भएको नामावलीः

बारा निर्वाचन क्षेत्र नं. १ (प्रतिनिधिसभा):
उमाकान्त चौधरी
प्रदेश (क): सुरेशकुमार खनाल, टेकबहादुर लामा, पेमासिद्धी लामा, रमेश दंगाल, नवराज तिमिल्सिना, ललितबहादुर राउत, जयमंगल चौधरी, सुब्बा सिंह बड्यु, दिलमोहन चौधरी, श्रवन मैनाली
प्रदेश (ख): चन्द्रिका प्रसाद गुप्ता, भागवतप्रसाद साह, धमेन्द्रप्रसाद यादव

बारा निर्वाचन क्षेत्र नं. २ (प्रतिनिधिसभा):
राधेचन्द्र यादव
प्रदेश (क): रामप्रवेश यादव, राजेशकुमार साह, चित्ररेखा चौधरी, अनिल चौधरी, विरेन्द्रप्रसाद यादव, भुलेन्द्रप्रसाद यादव, मुस्तार महमद मियाँ, विजय स्वर्णकार, सार्थक पौडेल, रामचन्द्र साह, गोपाल प्रसाद साह, रामचन्द्र गिरी, सुरेन्द्रप्रसाद साह, देवनारायण पासवान, पाचुवा माझी मसुहर, अमनुल्लाह अलि, श्रवण चौधरी
प्रदेश (ख): रामएकवाल प्रसाद यादव, अशोकप्रसाद चौरसिया, बृजकिशोर यादव, देवेन्द्रप्रसाद गिरी, प्रभुनाथ राउत, गजानन्द प्रसाद यादव, गौरीशंकर साह कानु

बारा निर्वाचन क्षेत्र नं. ३ (प्रतिनिधिसभा):
फरमुल्लाह मंसुर
प्रदेश (क): ओमराज पाण्डे, राजालाल प्रसाद, देवेन्द्र उपाध्याय, उपेन्द्रप्रसाद यादव, राजेशकुमार भण्डारी, शरदचन्द्र भट्टराई, विकल्प भट्टराई
प्रदेश (ख): अवधेस प्रसाद यादव, जंगबहादुर चौरसिया, तेजनारायण प्रसाद कलवार, अम्बिका प्रसाद यादव, फुलमहमद मिया धुनिया, जयचन्द्र चौरसिया, राजेशकुमार सिंह भूमिहार, मअती उरहमान, अनिल मण्डल, अख्तर हुसैन मंसुर, अफतर हुसेन

बारा निर्वाचन क्षेत्र नं. ४ (प्रतिनिधिसभा):
डा. शोभाकर पराजुली, सुनिलकुमार गुप्ता कलवार, लालबाबु सिंह भूमिहार, इच्छाबहादुर वाग्ले, राजेश्वर प्रसाद चौरसिया
प्रदेश (क): श्यामबाबु गुप्ता, शोभा लामा, नारायणी रायमाझी, नवराज त्रिपाठी, कपिलदेव प्रसाद यादव, ओमकृष्ण कार्की, टिका पौडेल, राजु पौडेल
प्रदेश (ख): लोकश सिंह, हरिशंकर प्रसाद साह, बिजय गुप्ता, दिनेशप्रसाद साह, महेन्द्र प्रसाद गुप्ता

प्रतिक्रिया दिनुहोस्