मधेसवादी दलः दुई केन्द्रीय अध्यक्षको सिफारिसले चुलिदै चुनावी चर्चा (सिफारिसको सूचिसहित)


eShilalekh

२२ भाद्र २०७९, बुधबार २०:२६

सिमराः दुई मधेसवादी दलका अध्यक्षको नाम बारा जिल्लाबाट सिफारिस भएसंगै मंसीर ४ गतेका लागि तोकिएको निर्वाचनको चर्चा चुलिदो अवस्थामा छ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको नाम जिल्लाको तीन निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । यादवको नाम क्षेत्र नं. २ र ३ बाट सिफारिस भएको छ भने ठाकुरको नाम क्षेत्र नं. ४ बाट सिफारिस गरिएको छ ।

मधेसवादी दलका केन्द्रीय नेताको नाम जिल्लाबाट सिफारिस हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । बाराको दुई निर्वाचन क्षेत्रबाट सिफारिस भएका जसपा अध्यक्ष यादवको नाम मोरङ-५ बाट पनि सिफारिस भएका छन् ।

यादवले यसअघि २०६४ मा मोरङ, २०७० मा सुनसरी र २०७४ मा सप्तरी-२ बाट निर्वाचन लड्दै विजयी भएका यादव अहिले बाराबाट सिफारिस भएका हुन् ।

यता जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर पनि बारासंगै सप्तरी २ बाट सिफारिस भएका छन् । २०७४ सालको निर्वाचनमा महोत्तरी ३ बाट निर्वाचित भएका ठाकुर यसपटक बारासंगै जसपा अध्यक्ष निर्वाचित भएको सप्तरी-२ बाट सिफारिस भएका हुन् ।

लोसपाले बाराको निर्वाचन क्षेत्रमा सिफारिस गरेको नामावलीः
बारा निर्वाचन क्षेत्र नं. १ (प्रतिनिधिसभा):
ओमप्रकाश चौधरी, जगदिश जयसवाल
प्रदेश (क): हरिचन्द्र पनुहर,
प्रदेश (ख): संजय यादव, कमरुल्लाह अंसारी, उमेश जयसवाल, अरविन्द यादव, रामबाबु कुशवाहा

बारा निर्वाचन क्षेत्र नं. २ (प्रतिनिधिसभा):
जैयसी यादव, विनोद यादव
प्रदेश (क): रामप्रसाद पटेल
प्रदेश (ख): नवलकिशोर सिंह, श्यामप्रसाद गुप्ता, अनिल कुमार, मो. झुना मन्सुरी

बारा निर्वाचन क्षेत्र नं. ३ (प्रतिनिधिसभा):
संजय पाण्डे, संजय साह
प्रदेश (क): साबिर आलम, हरिचन्द्र चौधरी
प्रदेश (ख): सन्तोष पटेल, प्रमिला गिरी, सुजित गुप्ता, मनोज चौरसिया

बारा निर्वाचन क्षेत्र नं. ४ (प्रतिनिधिसभा):
महन्थ ठाकुर, एकवाल मियाँ, सिताराम गुप्ता, शिवजी साह
प्रदेश (क): घनश्याम गिरी
प्रदेश (ख): जितेन्द्र सोनल

जसपाले बाराको निर्वाचन क्षेत्रमा सिफारिस गरेको नामावलीः

बारा निर्वाचन क्षेत्र नं. १ (प्रतिनिधिसभा):

रामबाबु प्रसाद कुशवाहा, मनिष यादव
प्रदेश १ (क): सुरेश बैठा, बिष्णुदयाल सहनी
प्रदेश १ (ख): सरोज कुमार यादव, म. मुरतुजा अंसारी

बारा निर्वाचन क्षेत्र नं. २ (प्रतिनिधिसभा):

उपेन्द्र यादव, रामसहाय प्रसाद यादव, पराग राय यादव
प्रदेश २ (क): उषा कुमारी यादव, रामबाबु प्रसाद यादव, सरदा शंकर प्रसाद साह कलवार, आत्माराम साह, विनोद यादव
प्रदेश २ (ख): बच्चा राउत अहिर, अवधभुषण प्रसाद यादव, रामकिशोरप्रसाद यादव, अमरदेव यादव, ऋषिकेश यादव

बारा निर्वाचन क्षेत्र नं. ३ (प्रतिनिधिसभा):

उपेन्द्र यादव, रामबाबु कुमार यादव, प्रमोद गुप्ता, सचितानन्द यादव, शंकर प्रसाद यादव
प्रदेश ३ (क): भरतबहादुर खडका, शिवनाथप्रसाद पटेल, रुपलाल चौधरी, हेमराज भट्टराई, प्रकाश चौगाई
प्रदेश ३ (ख): प्रारस प्रसाद साह, दिनेश प्रसाद पटेल

बारा निर्वाचन क्षेत्र नं.४ (प्रतिनिधिसभा): विरेन्द्रप्रसाद कुशवाहा, भरतप्रसाद कुर्मी, आनन्दकुमार यादव
प्रदेश ४ (क): सोहन शर्मा
प्रदेश ४ (ख): रामचन्द्र सिंह, डा. धनन्जय प्रसाद यादव, सुनिलकुमार यादव, नरेश कुमार यादव, लक्ष्मीप्रसाद यादव

प्रतिक्रिया दिनुहोस्