सुमोको ठक्करबाट हुलास स्टीलमा कार्यरत सुरक्षागार्ड घाईते


eShilalekh

२३ भाद्र २०७९, बिहीबार २१:०५

सिमराः सुमोको ठक्करबाट जीतपुरसिमरा १ स्थित हुलास स्टीलमा कार्यरत सुरक्षागार्ड घाईते भएका छन् । घाईते हुनेमा जीतपुरसिमरा १६ का दीपकराज मैनाली रहेका छन् ।

काठमाण्डौबाट कलैयातर्फ आउदै गरेको ना१ज ८८०६ नम्बरको सुमोले मैनालीलाई हुलास स्टील अगाडी ठक्कर दिएको हो । उद्योगबाट खाना खान निस्किएका मैनालीलाई तिव्र गतिमा आएको सुमोले ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ ।

ठक्करलगत्तै उद्योगका अन्य सुरक्षागार्ड र स्थानीयले मैनालीलाई सिमरास्थित अल्पाईन अस्पताल ल्याएका थिए । अल्पाईन अस्पतालबाट थप उपचारका लागि उनलाई गण्डक अस्पताल लगिएको छ । उनको तिघ्रामा गम्भिर चोट लागेको छ ।

मैनालीलाई ठक्कर दिने सुमोलाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्