अपडेटः सुमोको ठक्करबाट घाईते सुरक्षागार्डको उपचारका क्रममा निधन


eShilalekh

२३ भाद्र २०७९, बिहीबार २२:३४

सिमराः सुमोको ठक्करबाट गम्भिर घाईते भएका हुलास स्टीलमा कार्यरत सुरक्षागार्डको उपचारका क्रममा निधन भएको छ । हुलास स्टील अगाडी विहिवार साँझ सुमोले ठक्कर दिदा घाईते भएका जीतपुरसिमरा १६ का दीपकराज मैनालीको उपचारका क्रममा निधन भएको हो ।

वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मैनालीको निधन भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । काठमाण्डौबाट कलैयातर्फ आउदै गरेको ना१ज ८८०६ नम्बरको सुमोले ठक्कर दिदा मैनालीको तिघ्रामा गम्भिर चोट लागेको थियो ।

मैनालीको उच्च रक्तस्रावका कारण निधन भएको चिकित्सकले जनाएका छन् । उद्योगबाट खाना खान निस्किएका मैनालीलाई सुमोले ठक्कर दिएपछि सिमरास्थित अल्पाईन अस्पताल ल्याइएको थियो । उच्च रक्तस्रावका कारण उनलाई अल्पाईन अस्पतालबाट वीरगन्ज लगिएको थियो ।

मैनालीलाई ठक्कर दिने सुमो र चालकलाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्