निशान भट्टराईको ‘म त तिम्रै हुँ’ को भिडियो सिमरामा सार्वजनिक


eShilalekh

२४ भाद्र २०७९, शुक्रबार २०:०६

सिमराः गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गितमा बनाइएको भिडियो शुक्रवार सार्वजनिक गरिएको छ । सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र गायक भट्टराईको अफिसियल युटुब च्यानलबाट एकसाथ सार्वजनिक गरिएको हो ।

गायक तथा संगितकार बिकास पाण्डेको शब्द र संगित रहेको गितको भिडियोमा युवराज केसरी र रितु चौधरीको अभिनय रहेको छ । बाराको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गरेका छन् । सिमरास्थित बिएस मेकरका संचालक गुरुङले छायांकन, निर्देशन र सम्पादन गरेको यो पहिलो गित हो ।

गितको एरेन्ज अभि अमृत ल्वागन र एडिस्नल एरेन्जमेन्ट मुम्बईमा कार्यरत एन.एस.आर्याले गरेका हुन् । गितका संगितकार पाण्डेले करिब डेढ महिनादेखीको मेहनतले सफलता प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । म्युजिक भिडियोमा अटो चालक र एक युवतीबीचको प्रेमलाई देखाउन खोजिएको छ ।

भिडियो सार्वजनिक कार्यक्रमका लागि सिमरा आएका गायक भट्टराईले उत्कृष्ट शब्द र संगित रहेका कारण आफूले म त तिम्रै हुँ बोलको गितका लागि काम गरेको बताए । गायक भट्टराईले उत्कृष्ट टिमकाबीच काम गर्न पाँउदा आफू उत्साहित रहेको प्रतिक्रिया समेत दिएका छन् ।

भिडियो सार्वजनिक कार्यक्रममा सहभागी गायक कमल के क्षेत्री, भोजपुरी गायक प्रमोद जख्मी, गायक देवेन्द्र कार्की, निर्माता प्रदीप गौतम सहभागी थिए । गायक क्षेत्रीले उत्कृष्ट शब्द, संगित, छायांकन र निर्देशनले गित अत्यन्तै हेर्न र सुन्नलायक बनेको प्रतिक्रिया दिए ।

कार्यक्रममा भिडियो निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने युवा समाजसेवी श्यामबाबु गुप्ता, साहित्यकर्मी रामप्रसाद अधिकारी, चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष रुपेश पोखरेल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, चेम्बर अफ कमर्सका नगर अध्यक्ष मनलाल श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्