राष्ट्रिय बाल दिवसका अवसरमा निजगढ नगरपालिकाद्धारा प्रभातफेरी


eShilalekh

२९ भाद्र २०७९, बुधबार ११:१२

सिमराः ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा निजगढ नगरपालिकाले बुधवार बिहान प्रभातफेरीको आयोजना गरेको छ । नगरभित्र रहेका माध्यमिक विद्यालयका विद्यार्थीसहितको सहभागितामा नगरपालिकाले प्रभातफेरीको आयोजना गरेको हो ।

नगरपालिकाबाट निकालिएको प्रभातफेरी बजार परिक्रमा गर्दै पुनः नगरपालिकाको कार्यालय पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, प्रशासन प्रमुख रविन घिमिरेसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

यसैगरी दिवसको अवसरमा नगर बाल सञ्जालले निजगढमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । नगरभित्रका माध्यमिक विद्यालयको विद्यार्थी र सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्