लायन्स क्लबद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा आधारभूत विद्यालय प्रथम


eShilalekh

३० भाद्र २०७९, बिहीबार ०९:५४

अमलेखगंजः ५८औं  राष्ट्रिय बाल दिवसको अवसरमा लायन्स क्लब अफ अमलेखगंजले बुधवार अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

अमलेखगंजस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा थानी आधारभूत विद्यालय विरेदमार प्रथम, नेपाल आधारभूत विद्यालय चकरी दोस्रो र लिटिल एन्जल ईङलिस बोर्डिङ स्कुल तेस्रो भएका छन् ।

प्रतियोगिता प्रथम, द्धितीय र तृतीय हुने विद्यालयसंगै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगंज र पृथ्वी मेमोरियल ईङलिस बोर्डिङ सहभागिता जनाएका थिए । विजेता विद्यालयका विद्यार्थीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा क्लबका उपाध्यक्ष मान्वेन्द्र चित्रकार, नेपाल माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साह, प्रधानाध्यापक दिनेश तिमिल्सिना, लायन्स क्लब अफ अमलेखगञ्जका संस्थापक अध्यक्ष तथा जोन चेयरपर्सन चुडामणि खरेल(कपिल) लगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ अमलेखगंजका अध्यक्ष बिनय साहको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रमको संचालन क्लबका सदस्य सुवास श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्