नवौं राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशबाट तेक्वान्दो खेलाडी छनौट


eShilalekh

३ आश्विन २०७९, सोमबार १०:०३

सिमराः असोज अन्तिम साता पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशबाट २० जना तेक्वान्दो खेलाडी छनौट भएका छन् ।

भदौ ३० गतेदेखी असोज २ गतेसम्म बर्दिबासमा सम्पन्न छनौट खेलबाट विभिन्न तौल समुहमा तेक्वान्दोतर्फ १६ र पुम्सेको तीन विधातर्फ चार खेलाडी छानिएका हुन् । छनौट हुनेमा १० पुरुष र १० महिला रहेका छन् ।

राष्ट्रिय खेलकुदका लागि छनौट हुने तेक्वान्दोतर्फको पुरुष खेलाडीमा अफताफ आलम (५८ केजी), महमद सोहेब (६३ केजी), विज्ञान डंगोल (६३ केजी) अरबाज हुसेन अंसारी (६८ केजी), दीपक पण्डित (७४ केजी), अमितकुमार सिंह (८७ केजी), पवनकुमार श्रेष्ठ (८० केजी), र विकास तामाङ (८७ केजी माथी) रहेका छन ।

यसैगरी तेक्वान्दोका महिला खेलाडीमा कञ्चन खड्का (४६ केजी), मनिषा वाइवा (४९ केजी), अञ्जली राय (५३ केजी), पुष्पा रखाल मगर (५७ केजी), प्रतिमा अधिकारी (६२ केजी), इशिता गुरुङ (६७ केजी), लिला श्रेष्ठ (७३ केजी) र अनु बस्नेत (७३ केजी माथी) छनौट भएका छन् ।

पुम्सेतर्फको तीन विधाको लागि निश्चल धामी, मनोजकुमार ठाकुर, पुष्पा रखाल मगर र बर्षात लामा छानिएका छन् । पुम्सेको एकलमा निश्चल, जोडि पुम्सेमा निश्चल र पुष्पाले प्रतिस्पर्धा गर्नेछन् भने अर्को जोडितर्फको विधामा निश्चल, बर्षात र मनोजको प्रतिस्पर्धा रहनेछ ।

राष्ट्रिय खेलकुदमा निश्चलले तीन विधामा प्रतिस्पर्धा गर्दा तेक्वान्दोतर्फ ५७ केजी तौल समूहमा समेत छनौट भएकी पुष्पासहित बर्षात र मनोजले एक/एक विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश स्तरिय छनौट खेलका लागि ७४ पुरुष र ५७ महिला खेलाडीले सहभागिता जनाएका थिए । सहभागीमध्ये बाराका ६ र पर्साका सात खेलाडी छानिएका छन् ।

महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेशको आयोजना तथा नेपाल तेक्वान्दो संघ प्रदेश कमिटीको संयोजनमा सम्पन्न छनौट खेलमा बर्दिबास नगरपालीकाका नगर प्रमुख प्रह्लाद क्षेत्री, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेशका खेलकुद प्रमुख जियाउल अन्सारी, होटल तथा पर्यटन व्यवसायी संघ प्रदेशका अध्यक्ष हिरालाल गौतम, अन्तर्राष्ट्रिय निर्णायक रबिन्द्र मल्ल, जितसिंह लामा, नेपाल तेक्वान्दो संघ प्रदेश उपाध्यक्ष लक्ष्मण भण्डारी, प्रदेश सहकोषाध्यक्ष धनबहादुर लामिछाने, प्रदेश सदस्य पूर्णबहादुर रानामगर, टेकबहादुर स्याङ्बाे, धनुषा जिल्लाका अध्यक्ष तिलक लामा, सर्लाहीका अध्यक्ष खड्गप्रसाद सापकोटा र रौतहटका सचिव केशव खड्कालगायतको सहभागिता रहेको थियो ।

महोत्तरी जिल्ला कार्यसमितिको समन्वयमा सम्पन्न छनौट खेलमा देवेन्द्र लामाले कार्यक्रमको संचालन गरेका थिए । छनौट खेल नेपाल तेक्वान्दो संघ प्रदेश कमिटीका महासचिव राजकुमार लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्