सिमराका श्रेष्ठ प्रदेश च्याम्पियन हुँदै राष्ट्रिय खेलकुदका लागि छनौट


eShilalekh

५ आश्विन २०७९, बुधबार १७:३९

सिमराः असोज अन्तिम साता पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टन खेलतर्फ बाराका रामकृष्ण श्रेष्ठ छनौट भएका छन् । जनकपुरमा सम्पन्न प्रदेश स्तरिय छनौट खेलबाट जीतपुरसिमरा २ घर भएका श्रेष्ठ प्रदेश च्याम्पियन हुँदै छनौट भएका हुन् ।

राष्ट्रिय खेलकुदमा ब्याडमिन्टनका लागि बाराबाट छनौट हुने श्रेष्ठ एक मात्र खेलाडी हुन् । बाराबाट छनौटका लागि चार जना खेलाडीले सहभागिता जनाएका थिए ।

राष्ट्रिय खेलकुदमा छनौट भएका श्रेष्ठसहित सहभागी खेलाडीलाई सिमरामा सम्मान गरिएको छ । नेपाल विधुत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाका अध्यक्ष कल्याण आले, एस बेकरी क्याफेका संचालक अमर श्रेष्ठलगायतले सम्मान गरेका हुन् ।

श्रेष्ठ यसअघि आठौं राष्ट्रिय खेलकुदका लागि पनि प्रदेश च्याम्पियन हुँदै छनौट भएका थिए । आठौं राष्ट्रिय खेलकुदमा श्रेष्ठ पदकविहिन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्