बाराको चार क्षेत्रमा तोकियो निर्वाचन अधिकृतको कार्यालय


eShilalekh

५ आश्विन २०७९, बुधबार १८:४७

सिमराः मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले बारामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तोकेको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम कलैयामा रहने गरी अन्य चार क्षेत्र निर्वाचन क्षेत्रको कार्यालय रहने स्थान तोकेको हो ।

आयोगका अनुसार बारा निर्वाचन क्षेत्र नं. १ को कार्यालय सिम्रौनगढ नगरपालिका, क्षेत्र नं. २ को कार्यालय महागढीमाई नगरपालिका, क्षेत्र नं. ३ को कार्यालय जिल्ला सदरमुकाम र क्षेत्र नं. ४ को कार्यालय जीतपुरसिमरा उपमहानगरपालिका रहनेछ ।

जिल्लाको मुख्य निर्वाचन अधिकृतका लागि बारा जिल्ला अदालतका न्यायधीस पूर्णेश्वरप्रसाद उपाध्यायको नाम सिफारिस भएको छ । न्याय परिषदले उपाध्यायको सिफारिस गरेका जिल्लाको मुख्य निर्वाचन अधिकृत न्यायधीस उपाध्याय हुनेछन् ।

यता निर्वाचन क्षेत्रको अधिकृतको टुंगो भने लाग्न बाँकी छ । कार्यालय तोकेको आयोगले अब अधिकृतको टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्