३२ केजी लागुऔषध गाँजासहित पथलैयाबाट दुई पक्राउ


Author

eShilalekh

September 22, 2022 10:50 am

सिमराः प्रहरीले लागुऔषध गाँजासहित विहिवार बिहान पथलैयाबाट दुई जनालाई पक्राउ गरेको छ । हेटौडाबाट अटोमा राखेर ल्याउदै गरेको अवस्थामा प्रहरीले ३२ केजी गाँजासहित उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १९ का ४१ वर्षीय हिराला स्या»तान र ३५ वर्षीय लक्ष्मी मोक्तान रहेका छन् ।

पथलैयास्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले राजमार्गमा सवारी चेकजाँच गर्दा ना१ज ५८९३ नम्बरको अटोबाट गाँजासहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मध्ये स्या»्तान चालक र मोक्तान अटोमा सवार रहेकी थिईन् । प्रहरीले अटोसहित उनिहरुलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्