फूटबलको प्रदेश स्तरीय छनौटमा बारा च्याम्पियन


eShilalekh

८ आश्विन २०७९, शनिबार १०:१६

सिमराः नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन फूटबलतर्फ भएको मधेस प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधी बाराले जितेको छ । लालबन्दीमा सम्पन्न फाइनल खेलमा महोत्तरीलाई पराजित गर्दै बारा प्रदेश च्याम्पियन भएको हो ।

प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधी उचाल्ने क्रममा बाराले महोत्तरीलाई ३–२ ले पराजित गरेको छ । बाराको जितमा उदित नारायण चौधरी, निरज थापा मगर र विवेक चौधरीले एक/एक गरेका थिए । महोत्तरीका लागि सञ्जिव चौधरी र कृष्ण रानाले गोल गरे ।

विजेता बारालाई ट्रफि वितरण गर्दै लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी ।

छनौट प्रतियोगितामा प्रदेशका आठ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको पहिलो खेलमा पर्सामाथी २–१ को जित निकालेको बाराले सेमिफाइनलमा धनुषालाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

विजेता र उपविजेता टिमलाई लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी, युवा खेलकुद तथा सामाजिक विकास मन्त्रालयका उपसचिव ठुलोबाबु दाहाललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्