विधुत महशुलको अन्यौलताले रोकिएको पथलैया–सिमरा सडकखण्डका बत्ती बालियो


eShilalekh

१० आश्विन २०७९, सोमबार २३:२३

सिमराः विधुत महशुलको सुनिश्चितता नभएका कारण रोकिएको पथलैया–सिमरा सडकखण्डका सडकबत्ती सोमबार साँझ बालिएको छ ।

जीतपुरसिमरा नगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले बिजुली बत्ती बालेर शुभारम्भ गरेका थिए । निर्माणाधिन ६ लेनको पथलैया–वीरगन्ज ब्यापारिक मार्ग आयोजनाले सडकमा जडान गरेको बत्ती विद्यतु महसुल कसले तिर्ने भन्ने अन्यौलताले बालिएको थिएन् ।

उक्त सडकखण्डमा बालिएको बत्तीको महशुल हाललाई आयोजनाले तिर्ने र उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि उपमहानगरपालिकाले तिर्ने सहमती भएको छ । महशुलको अन्यौलता हटेसंगै वडा नं. १ र वडा नं. २ ले घटस्थापनाको अवसर पारेर आयोजना गरेको कार्यक्रमकाबीच बत्ती बालिएको हो ।

उक्त कार्यक्रममा नेपाल विधुत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, नेकपा एमाले बाराका सचिवालय सदस्य मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १ वडासदस्य अमन लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका शाखा अधिकृत सुदन चौधरी, निवर्तमान कार्यपालिका सदस्य शोभा कार्की, निवर्तमान वडासदस्य रामदास धौजुलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्