भोलिदेखि निर्वाचन आचारसंहिता लागु हुँदै, हेर्नुस् क-कसले पालना गर्नुपर्छ आचारसंहिता: (सूचिसहित)


eShilalekh

११ आश्विन २०७९, मंगलवार १९:३६

सिमराः मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधवार (भोलि) देखि आचारसंहिता लागु हुदैछ । निर्वाचन आयोगले भदौ १३ गते राजपत्रमा प्रकाशित गरेको आचारसंहिता लागु गर्न लागेको हो ।

आयोगले लागु गरेको आचारसंहिता असोज १२ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि रहनेछ । आचारसंहिता लागु गर्दै आयोगले सार्वजनिक पद धारण गरेका व्यक्ति, उम्मेदवार, राजनीतिक दल, दलका नेताकार्यकर्ता, सञ्चार संस्था, कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघसंस्था, शैक्षिक क्षेत्रलगायतलाई यसको पूर्ण पालनाका लागि आग्रह गरेको छ ।

आयोगले जारी गरेको आचारसंहितामा चुनावका लागि प्रचारको समय १२ घण्टा तोकिएको छ । आचारसंहिता अनुसार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै प्रचार गर्न सकिनेछ ।

यसैगरी एकभन्दा बढी राजनीतिक दल वा उम्मेदवारले एकै दिन, एकै समय र एकै स्थानमा कार्यक्रम वा सभा गर्न आचारसंहिताले रोक लगाएको छ । आचारसंहिताले चुनावी जुलुस वा आमसभा गर्दा निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर प्रयोग नगर्न भनेको छ ।

आचारसंहिताले उम्मेदवारी मनोनयन गर्न जाँदा उम्मेदवारले २५ जना भन्दा बढी लैजान पाउने छैनन् । आचारसंहिताको अवधीभरी भोजभतेर वा नगद जिन्सी वितरणसमेत गर्न नपाइउने उल्लेख छ ।

हेर्नुस् क-कसले पालना गर्नुपर्छ आचारसंहिता:

प्रतिक्रिया दिनुहोस्