यि हुन् बाराको चार निर्वाचन क्षेत्रमा तोकिएका ३०५ मतदान स्थल (सूचिसहित)


eShilalekh

१२ आश्विन २०७९, बुधबार ०९:५५

सिमराः निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि बाराको चार निर्वाचन क्षेत्रमा मतदान स्थल तोकेको छ । आयोगले बाराका चार निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान स्थल तोकेको हो ।

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्धारण गरिएको संख्या अनुसार बारा क्षेत्र नं. १ मा सबैभन्दा बढी र क्षेत्र नं. ४ सबैभन्दा कम मतदान स्थल देखिएको छ । आयोगका अनुसार क्षेत्र नं. १ मा ८६, क्षेत्र नं. २ मा ८२, क्षेत्र नं. ३ मा ७६ र क्षेत्र नं. ४ मा ६१ मतदान स्थल छन् ।

बाराका चार निर्वाचन क्षेत्रको मतदान स्थलः

बारा निर्वाचन क्षेत्र १ः

पाँच स्थानीय तहको भूभागमा फैलिएको बारा निर्वाचन क्षेत्र नं. १ मा ८६ मतदान स्थल छन् । यस निर्वाचन क्षेत्रले निजगढ, कोल्हबी, सिम्रौनगढ नगरपालिका, बारागढी र आदर्शकोतवाल गाँउपालिकाको भूभाग समेटेको छ ।

यस निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्यतर्फ भने (क) मा ४६ र (ख) मा ४० मतदान स्थल तोकिएको छ । बारा क्षेत्र नं. १ (क) को प्रदेश सभामा निजगढ नगरपालिकाका सबै, कोल्हबी नगरपालिकाको ८ नम्बर वडा बाहेक सबै र बारागढी गाँउपालिकाको २, ३ र ५ नम्बर वडाका नागरिकले मतदान गर्नेछन् ।

यसैगरी (ख) तर्फ सिम्रौनगढ र आदर्शकोतवालका सबै वडा र बारागढी गाँउपालिकाका १, ४ र ६ का नागरिकले मत हाल्नेछन् ।

बारा निर्वाचन क्षेत्र नं. २ः
यस निर्वाचन क्षेत्रमा ८२ मतदान स्थल छ । यो निर्वाचन क्षेत्र जिल्लाको ६ वटा स्थानीय तहमा फैलिएको छ । जिल्लाको महागढीमाई र पचरौता नगरपालिकाको सबै वडा, कोल्हबीको आठ नम्बर वडा, करैयामाई र सूवर्णको सबै वडाका नागिरक यस क्षेत्रका बासिन्दा हुन् ।

यि क्षेत्रका नागरिकको मतबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् । यस क्षेत्रको प्रदेश सभा सदस्यतर्फ (क) मा ४२ र (ख) मा ४० मतदान स्थल तोकिएको छ । प्रदेश सभा सदस्य (क) तर्फ महागढीमाई, करैयामाई र कोल्हबी नगरपालिकाको वडा नं. ८ पर्दछ । यसैगरी प्रदेशसभा सदस्य (ख) तर्फ पचरौता, देवताल र सूवर्ण गाँउपालिका पर्दछन् ।

बारा निर्वाचन क्षेत्र नं. ३ः
जिल्ला सदरमुकाम कलैयालाई समेटेको बारा क्षेत्र नं. ३ मा दुई उपमहानगरपालिका र एक गाँउपालिका पर्दछ । ७६ मतदान स्थल रहेको यस निर्वाचन क्षेत्रमा जीतपुरसिमरा उपमहानगरापालिका, कलैया उपमहानगरपालिका र फेटा गाँउपालिका रहेका छन् ।

यस निर्वाचन क्षेत्रको प्रदेशसभा ३ (क) तर्फ ४२ र (ख) तर्फ ३४ मतदान स्थल छन् । प्रदेशसभा (क) मा जीतपुरसिमराको ११ देखी १८ नम्बर वडा, कलैया उपमहानगरपालिकाको १, २, ४, १५, १६, २१, २२, २४, २६ र २७ नम्बर वडा पर्दछ ।

यसैगरी निर्वाचन क्षेत्र नं. ३(ख) भने कलैया उपमहानगपालिकाको वडा नं. ३, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १८, १९, २०, २३ र २५ नम्बर र फेटा गाँउपालिकाको ५, ६ र ७ नम्बर वडामा फैलिएको छ ।

बारा निर्वाचन क्षेत्र नं. ४:
जिल्लाको चार वटै निर्वाचन क्षेत्रमध्ये औद्योगिक करिडोरमा पर्ने बारा निर्वाचन क्षेत्र नं. ४ मा ६१ मतदान स्थल छन् ।

यो निर्वाचन क्षेत्र जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, परवानीपुर गाँउपालिका, प्रसौनी गाँउपालिका, बिश्रामपुर गाँउपालिका र फेटा गाँउपालिकाको भूभागमा फैलिएको छ ।

जीतपुरसिमरा, कलैया, फेटाबाहेक अन्य तीन गाँउपालिको सबै वडा यसै क्षेत्र भित्र पर्दछ । यसैगरी यस निर्वाचन क्षेत्रको प्रदेशसभा (क) तर्फ जीतपुरसिमरा उपमहानगरपालिकाको १६ वटा वडा, कलैया उपमहानगरपालिका र प्रसौनी गाँउपालिकाको एक–एक वडा पर्दछन् ।

प्रदेशसभा (क) मा जीतपुरसिमराको वडा नं. १ देखि १० र वडा नं. १९ देखि २४ नम्बर पर्दछ । यसैगरी कलैया उपमहानगरपालिकाको १७ र प्रसौनी गाँउपालिकाको ७ नम्बर वडा क्षेत्र नं. ४ (क) ले ओगटेको छ । यस क्षेत्रमा २९ मतदान स्थल छ ।

यसैगरी प्रदेशसभा ४ (ख) तर्फ परवानीपुर र बिश्रामपुरको सबै वडा पर्दछ भने प्रसौनी र फेटाका केही वडा बाहेक अन्य भूभाग समेटिएको छ । यस क्षेत्रमा ३२ मतदान स्थल छन् ।

प्रदेशसभा ४ (ख) मा प्रसौनीको १ देखि ६ नम्बर वडा, फेटाको १ देखि ४ नम्बर वडा पर्दछ भने परवानीपुर र बिश्रामपुरको पूरै भूभाग समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्