अनधिकृत संरचना हटाउन उपमहानगरपालिको ३५ दिने ‘अल्टिमेटम’


eShilalekh

१२ आश्विन २०७९, बुधबार १५:१८

सिमराः कानुनी प्रक्रिया पूरा नगरी सार्वजनिक जग्गामा संचालित संघसंस्थाको अनधिकृत संरचना हटाउन जीतपुरसिमरा उपमहानगरपालिकाले सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाले बुधवार सूचना जारी गर्दै सार्वजनिक जग्गामा कानुनी प्रक्रिया पूरा नगरी निर्माण भएको भौतिक संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको हो ।

सामाजिक संघसंस्था, क्लब, सहकारी र निजि विद्यालयहरुले कानुनी प्रक्रिया पूरा गरेको भए सोको विवरण उपमहानगरपालिकाको कार्यालयमा बुझाउन र कानुनी प्रक्रिया पूरा नगरेको भए त्यस्ता संरचना हटाउन सूचनामा उल्लेख छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलद्धारा जारी सूचनामा कानुनी प्रक्रिया पूरा नगरी संचालनमा रहेका संघसंस्थाको संरचना नहटाए स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा (३९) बमोजिम हुने व्यहोरा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्