सिम्रौनगढका वडाध्यक्षको निधन


eShilalekh

१८ भाद्र २०७८, शुक्रबार १२:४७

सिमरा : सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का अध्यक्षको निधन भएको छ । ईन्सेफलाईटिस कारण ५२ वर्षिय दामोदर साह कलवारको निधन भएको हो ।


काठमाण्डौस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कलवारको निधन भएको सिम्रौनगढ नगरपालिकाले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीरगन्ज लगिएका कलवारलाई साउन २० गते काठमाण्डौ लगिएको थियो ।


कलवार नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हुन् । उनको निधनले पार्टीलाई क्षति पुगेको भन्दै माओवादी केन्द्रका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठले विज्ञप्ती निकालेर घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्