अमलेखगंजमा एमालेको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न


eShilalekh

१५ आश्विन २०७९, शनिबार ११:४५

सिमराः दसैं, तिहार, छठ र नेपाल सम्वत ११४३ को अवसर पारेर नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ को वडा कमिटीले शनिवार शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

एमाले वडा कमिटी अध्यक्ष एवम् जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठको अध्यक्षता र एमालेका केन्द्रीय सदस्य मञ्जु थापामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, जिल्ला सचिवालय सदस्य मनोज पौडेल, भरत घले, जिल्ला सदस्य कासिम हुसेन, गोपाल घलान, गिता घलेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा एमाले नगर कमिटी सदस्य खैरुनेसा अंसारी, राष्ट्रिय युवा संघ नेपालका वडा कमिटी अध्यक्ष निरन गुरुङ, अनेमसंघको वडा कमिटी अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य सुकुमाया कुमारी, मुस्लिम इत्तेहाद संगठनको वडा कमिटी अध्यक्ष जमुना गौतम, आदिबासी जनजाती महासंघको नगर उपाध्यक्ष बिरबहादुर लामा, राष्ट्रिय युवा संघको नगर कमिटी कोषाध्यक्ष सिरता बजुलगायत एमालेका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा २१ मा एमालेका उम्मेदवारलाई बिजयी गराउन महत्वपूर्ण भूमिका निर्वाचन गरेको भन्दै निर्वाचन परिचालन कमिटी संयोजक बिशाल साह, ईन्चार्ज गोपाल घलान र गिता घलेलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण बिशाल साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्