नेपाली कांग्रेस वडा समितिको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न


eShilalekh

१५ आश्विन २०७९, शनिबार २१:२०

सिमराः नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा शनिवार शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । सिमरास्थित होटल इच्छामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कांग्रेसका नेताले पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउने कार्यकर्ताको अधिकारलाई कुण्ठित नगर्न नेतृत्व तहसंग आग्रह गरेका छन् । उनिहरुले कांग्रेसका कार्यकर्ताको भावना विपरित काम नगर्न समेत माग गरेका छन् ।

कार्यक्रममा कांग्रेस बाराका उपसभापति अमिरीलाल पाल, कांग्रेसका नेता इच्छाबहादुर वाग्ले, कांग्रेस महिला संघकी केन्द्रीय सदस्य नारायणी रायमाझी, बारा क्षेत्र नं ४ (क) का सभापति सुमनकुमार भट्टराई, जीतपुरसिमरा नगर समितिका सभापति छविलाल शर्मा, महाधिवेशन प्रतिनिधि कपिलदेव यादवलगायतले मन्तब्य राखेका थिए ।

कांग्रेस वडा समितिका सभापति पुष्कर रायमाझीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सुशील ढोडारीले गरेका थिए । कार्यक्रममा दिनेश सुवेदीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा कांग्रेसको जिल्ला, नगर र वडा कमिटीका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्