एकिकृत समाजवादीका आठ जना जिल्ला कमिटी सदस्य एमाले फर्किए


eShilalekh

१६ आश्विन २०७९, आईतवार १३:३२

सिमराः नेकपा (एकिकृत समाजवादी) छोडेर आठ जना जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् ।

माधवकुमार नेपालको नेतृत्वमा रहेको समाजवादी स्वेच्छाचारी ढंगले चलेको र जनताको काम गर्न नसकेको भन्दै विज्ञप्ति निकालेर एक जिल्ला सचिवालय सदस्य र सात जना जिल्ला कमिटी सदस्य एमाले फर्किएका हुन् ।

एमाले फर्किनेमा जिल्ला सचिवालय सदस्य रामविनय साह, जिल्ला कमिटी सदस्य दामोदर पराजुली, नरेश राम, फुलमाया मगर, ज्योती विक, दीपकलाल बैठा, शिवराज लामा र बलिरामजी राम रहेका छन् । उनिहरुले सामुहिक विज्ञप्ति निकालेर आफ्नो पुरानो घर एमाले फर्किएको जनाएका छन् ।

एकिकृत समाजवादी पार्टी विधान विपरित चलेको आरोप उनिहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्