मंसिर ४ पछि देश एमालेमय हुन्छः पूर्वमन्त्री पौडेल


eShilalekh

१६ आश्विन २०७९, आईतवार १४:०५

सिमराः दसैं, नेपाल सम्वत्, तिहार र छठ पर्वको अवसर पारेर नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ को वडा कमिटीले आईतवार शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पु?षोत्तम पौडेलले मंसिर ४ गतेको निर्वाचनपछि देश एमालेमय हुने बताएका छन् । पूर्वमन्त्री पौडेलले जनताले एमालेबाहेक अन्य विकल्प नरहेको भन्ने बुझिसकेकाले गठबन्धनले धुलो चाट्ने दाबी गरे ।

पूर्वमन्त्री पौडेलले गठबन्धनको नाममा सत्ताका लागि भएको खेलले देशको विकास नगर्ने र देश विकासका लागि एमाले नेतृत्वकै सरकार आवश्यक रहने बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरीले जनतामाझ एमाले लोकप्रिय हुनुको कारण यसले बोकेको सिद्धान्त र यसले जनताका लागि गरेका कार्य रहेको बताईन् । देशलाई पुनः विकासको गतिमा अघि बढाउन एमाले नेतृत्वको सरकारको आवश्यकता रहेको चौधरीको भनाई थियो ।

कार्यक्रममा मधेस प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य सुन्दर विकले एमालेबाहेक अन्य दलले देशको विकासका लागि काम गर्न नसक्ने बताए । एकिकृत समाजवादी छोडेर एमाले फर्किएका नेता विकले एमालेले मात्रै देश र जनताका लागि काम गर्ने बताएका छन् ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, एमाले सचिवालय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले सचिवालय सदस्य मनोज पौडेल, रेनु रिमाल, कासिन हुसेन, रमेश खरेल, पूर्णचन्द्र तिमिल्सनालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

एमाले वडा कमिटीका अध्यक्ष भागवत चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण त्रिलोक विक्रम शाहले गरेका थिए भने स्वागत मन्तब्य रुद्र खतिवडाले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्