बारा क्षेत्र नं. ४ मा एकिकृत समाजवादीबाट किसान श्रेष्ठ


eShilalekh

२२ आश्विन २०७९, शनिबार ०९:२८

सिमराः गठबन्धनबीच भएको भागबण्डा अनुसार नेकपा एकिकृत समाजवादीले बारा क्षेत्र नं. ४ मा कृष्णकुमार (किसान) श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गठबन्धनबीच शुक्रवार राती भागबण्डा टुंगिएपछि समाजवादीले प्रतिनिधिसभातर्फ पार्टीको १९ जना उम्मेदवारको नाम टुंगो लगाउने क्रममा बारामा श्रेष्ठलाई अघि सारेको हो ।

गठबन्धनबीच बारा क्षेत्र नं. ४ एकिकृत समाजवादी र क्षेत्र नं. १ नेपाली कांग्रेसले लिने सहमती भएको थियो भने क्षेत्र नं. २ र ३ तालमेलका लागी खाली राखिएको थियो ।

नेकपा एमालेबाट उम्मेदवार भई २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पराजित गर्दै तनहु १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठ एमाले विभाजित भएपछि समाजवादीतर्फ लागेका थिए । समाजवादीमा लागेसंगै उनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत भएका थिए ।

बारामा जग्गा कारोवारसहित होटल, उद्योगमा लगानी गरेका श्रेष्ठले यसअघि नै क्षेत्र नं. ४ बाट चुनाव लड्ने घोषणा गरेर सक्रियता देखाउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्