बाराका निर्वतमान सांसद एकवाल मियाँ एमाले प्रवेश


eShilalekh

२२ आश्विन २०७९, शनिबार १०:१०

सिमराः बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद एकवाल मियाँ नेकपा एमाले प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी सदस्य समेत रहेका मियाँ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

बारा क्षेत्र नं. ४ बाट पुनः उम्मेदवार बन्ने तयारी गरिररहेका मियाँ लोसपाले गठबन्धनसंग तालमेल गरेलगत्तै एमाले प्रवेश गरेका हुन् । गठबन्धनबाट क्षेत्र नं. ४ मा एकिकृत समाजवादीको उम्मेदवार उठाउने तय भईसकेको छ ।

मियाँ एमाले भित्रिएसंगै बारा क्षेत्र नं. ४ मा एमालेबाट कसले टिकट पाउने भन्ने चर्चा सुरु हुन थालेको छ ।

एमालेबाट यसअघि प्रदेश कमिटी सदस्य देवनारायण चौधरी सर्वसम्मत सिफारिस भएका थिए । एकल नाम सिफारिस कारण चौधरीलाई एमाले कार्यकर्ताले उम्मेदवारका रुपमा चुनावी प्रचार समेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्