एमाले र जसपाबीच तालमेल, बाराको चार निर्वाचन क्षेत्रमा यस्तो छ सहमती


eShilalekh

२२ आश्विन २०७९, शनिबार १२:३७

सिमराः नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपाल बीच चुनावी तालमेलमा सहमती भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच तालमेलको सहमती भएको हो ।

सहमती अनुसार बाराको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ र ४ एमालेले लिएको छ भने क्षेत्र नं. २ जसपाले पाएको छ । यस्तै क्षेत्र नं. ३ मा भने दुवै पार्टीले उम्मेदवारी दिने गरी सहमती भएको छ ।

यसैगरी आठ वटा प्रदेश सभातर्फको सिटमा दुबै पार्टीले ४–४ लिने भएका छन् । एमालेले प्रदेश सभातर्फ (क) को सबै र जसपाले प्रदेशसभा (ख) को सबै लिने सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस्