यि हुन् बारा क्षेत्र नं. ३ मा एमाले उम्मेदवार


eShilalekh

२२ आश्विन २०७९, शनिबार १९:०९

सिमराः बाराको अन्य निर्वाचन क्षेत्रमा तालमेल गरेको नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालले क्षेत्र नं. ३ मा भने मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ ।

बारा निर्वाचन क्षेत्र नं. १, २ र ४ मा तालमेल गरेको एमाले र जसपाले क्षेत्र नं. ३ मा भने प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रतिस्पर्धा गर्ने भएको हो । सहमती बमोजिम दुवै दलले उम्मेदवार चयन गरेका छन् ।

एमालेले प्रतिनिधिसभातर्फ पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साहलाई उम्मेदवार बनाउने भएको छ भने प्रदेशसभा (क) मा रविनदास श्रेष्ठ र प्रदेशसभा (ख) महमद समिरलाई अघि सार्ने भएको छ । श्रेष्ठ कलैया नगरपालिकाको पूर्वमेयर हुन् भने महमद समिर पूर्वप्रदेश सभा सदस्य हुन् ।

यसैगरी जसपाले प्रतिनिधिसभातर्फ रामबाबु कुमार यादवलाई दोहोर्‍याउने भएको छ । जसपाले प्रदेशतर्फ भने (क) मा भरत खड्का र (ख) तर्फ पारसप्रसाद साहलाई उम्मेदवार बनाउने भएको छ । साह निवर्तमान प्रदेश सभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्