गठबन्धन दल र लोसपाबीच चुनावी तालमेलमा सहमती, बारामा यस्तो छ सिट बाँडफाँड


eShilalekh

२२ आश्विन २०७९, शनिबार २३:४५

सिमराः जनता समाजवादी पार्टी (जसपा) नेपाल बाहिरिएसंगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्तारुढ गठबन्धनसंग चुनावी तालमेल गर्ने भएको छ । तालमेलका लागि गठबन्धनका नेता र लोसपाका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार राती सहमती भएको हो ।

सहमतीअनुसार बाराको चार निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिने भएका छन् । कांग्रेसले क्षेत्र नं. १, माओवादी केन्द्रले क्षेत्र नं. २, लोसपाले क्षेत्र नं. ३ र एकिकृत समाजवादीले क्षेत्र नं. ४ बाट उम्मेदवारी दिने तय भएको हो ।

यसैगरी प्रदेशसभातर्फको आठ सीटमा कांग्रेले तीन, माओवादी केन्द्रले दुई, लोसपाले दुई र एकिकृत समाजवादीले एक सिट लिने भएको छ । सहमतीअनुसार कांग्रेले बारा क्षेत्र नं. १(क), २(ख), ३(ख) लिने भएको छ भने माओवादी केन्द्रले क्षेत्र नं. ३(क) र ४(क) मा उम्मेदवारी दिने भएको छ ।

लोसपाले क्षेत्र नं. २(क) र ४(ख) मा दिनेछ भने एकिकृत समाजवादीको भागमा १(ख) परेको छ । सहमतीमा गठबन्धनका तर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्