बारा क्षेत्र नं. ३ मा लोसपाको उम्मेदवार परिवर्तन, लालबाबु सिंह चुनाव लड्ने


eShilalekh

२३ आश्विन २०७९, आईतवार १३:१५

सिमराः बारा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता एवम् संविधान सभाका सदस्य लालबाबु सिंह लोसपाबाट चुनाव लड्ने भएका छन् ।

जसपाका नेता प्रमोद गुप्तालाई टिकट दिने निर्णय गरेको लोसपाले अन्तिम समयमा सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सिंहलाई लोसपाका नेता जितेन्द्र सोनलले पार्टी प्रवेश गराउदै टिकट दिएका छन् ।

यसअघि लोसपाबाट गुप्ताको नाम चर्चामा थियो । गुप्ताले अन्तिम समयमा चुनाव नलड्ने मनस्थिती बनाएपछि उम्मेदवार परिवर्तन गरिएको बताइएको छ ।

यसैगरी बारा क्षेत्र नं. २(क) मा लोसपाले मोतीलाल कुशवाहालाई उम्मेदवार बनाउने भएको छ । एमाले छाडेर लोपसा प्रवेश गराएर कुशवाहालाई प्रदेशसभा सदस्यको टिकट दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्