प्रदेशसभा सदस्यमा जीतपुरका कुशवाहाले गरे उम्मेदवारी दर्ता


eShilalekh

२३ आश्विन २०७९, आईतवार २३:२९

सिमराः बारा क्षेत्र नं. ४(क) तर्फ प्रदेशसभा सदस्यमा जीतपुरका सन्तोष कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् । कुशवाहाले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

लौरो चुनाव चिन्ह रहेको उक्त राजनीतिक दलबाट उम्मेदवारी दर्ता गर्नुअघि कुशवाहाले जीतपुर र सिमरामा र्‍याली निकालेका थिए । कुशवाहा २७ वर्षीय युवा व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्