बारा क्षेत्र नं. ३ मा पूर्वमन्त्री साहले गरिन् उम्मेदवारी दर्ता


eShilalekh

२३ आश्विन २०७९, आईतवार २०:४४

सिमराः नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साहले बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।

पूर्व कृषी मन्त्री साहले कलैयास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । साह २०७४ सालको निर्वाचनमा बारा ३(क) बाट निर्वाचित भएकी थिईन् ।

एमाले र जसपाबीच बाराको अन्य निर्वाचन क्षेत्रमा तालमेल भएपनि क्षेत्र नं. ३ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमती भएको थियो । सहमतीअनुसार साहले उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसैगरी एमालेबाट प्रदेशसभातर्फ ३(क) रविनदास श्रेष्ठ र ३(ख) मा महमद समिरले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्