ट्रकले ठक्कर दिदा हात्ती घाईते


eShilalekh

१८ भाद्र २०७८, शुक्रबार १३:४९

सिमरा : धार्मिक कार्यक्रममा सहभागी भएर अमलेखगंजस्थित हात्तीसार फर्कदै गरेको हात्तीलाई ट्रकले ठक्कर दिएको छ । जीतपुरबाट हात्तीसार फर्कने क्रममा पथलैया-अमलेखगंज सडकखण्डको राजमार्गमा हिडिरेहको मेनुकाकलीलाई ट्रकले ठक्कर दिएको हो ।


ठक्करबाट हात्तीसंगै माउते पनि घाईते भएका छन् । घाईते माउतेको सिमरामा उपचार गरिएको छ । हात्ती घाईते भएपछि तत्कालै निकुञ्जबाट पुगेको टोलीले उपचार गरेको छ । ठक्करबाट घाईते हात्ती झण्डै एक घण्टा बेहोस अवस्थामा रहेको र अहिले स्थिती सुधार हुदै गएको निकुञ्जको भनाई छ ।


प्रहरीले हात्तीलाई ठक्कर दिने ना५च ३५५७ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्