गठबन्धनबाट पूर्वमन्त्री श्रेष्ठ र सोनलले गरे बारा ४ मा उम्मेदवारी दर्ता


eShilalekh

२३ आश्विन २०७९, आईतवार २०:५२

सिमराः गठबन्धनबाट बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यमा निर्वतमान प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनबीच भएको तालमेलअनुसार प्रदेशसभातर्फ ४(क) मा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ४(ख) मा लोसपाका नेता एव्म प्रदेशसभाका निवर्तमान सांसद् तथा पूर्वमन्त्री जितेन्द्र सोनलले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनबीच प्रतिनिधिसभा सदस्य एकिकृत समाजवादी, प्रदेशसभा सदस्यतर्फ ४(क) माओवादी केन्द्र र ४(ख) लोसपाले लिने सहमती भएको थियो । गठबन्धनबीच भएको तालमेलका कारण यस क्षेत्रमा कांग्रेस उम्मेदवारविहिन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्