बारा क्षेत्र नं. २ मा दिए कांग्रेस नेता ज्ञवालीले स्वतन्त्र उम्मेदवारी


eShilalekh

२३ आश्विन २०७९, आईतवार २१:१९

सिमराः बारा क्षेत्र नं. २ मा नेपाली कांग्रेस महासमिति सदस्य अरुण ज्ञवालीले प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेसले टिकट नदिएपछि रुष्ट बनेका नेता ज्ञवालीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर ज्ञवालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

महागढीमाई नगरपालिका गंजभवानीपुरका ज्ञवालीले जनभावना विपरित पार्टीले उम्मेदवार खडा गरेको र आफ्नो पक्षमा जनमत हुँदाहुँदै पनि टिकट नदिएका कारण उम्मेदवारी दिनुपरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्