बारा क्षेत्र नं. १ मा मन्त्री चौधरीले गरे उम्मेदवारी दर्ता


eShilalekh

२३ आश्विन २०७९, आईतवार २१:२९

सिमराः नेपाली कांग्रेसका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीले बारा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

कोल्हबीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मन्त्री चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । चौधरी २०७४ सालको निर्वाचमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

गठबन्धनबीच भएको भागबण्डा अनुसार बारा क्षेत्र नं. १ नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमती भएको थियो । सोही सहमती बमोजिम कांग्रेसले क्षेत्र नं. १ मा चौधरीलाई उम्मेदवार बनाएको हो । यसैगरी बारा क्षेत्र नं. १(क) मा प्रदेशसभातर्फ नेपाली कांग्रेसका रमेश दंगाल र १(ख) मा नागेन्द्र साह कानुले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्