बारा क्षेत्र नं. १ मा एमाले नेता मैनालीले गरे मनोनयन दर्ता


eShilalekh

२३ आश्विन २०७९, आईतवार २२:१०

सिमराः नेकपा एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनालीले बारा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

कोल्हबीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मैनालीले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले र जसपाबीचको चुनावी तालमेलअनुसार प्रतिनिधिसभामा एमाले, प्रदेशसभा १(क) मा एमाले र १(ख) मा जसपाले उम्मेदवारी दिने सहमती भएको थियो ।

सहमति बमोजिम मैनालीसहित प्रदेशसभा १(क) मा त्रिलोकी चौधरी र १(ख) मा जसपाका सरोज यादवले उम्मेदवारी दर्ताका गराएका छन् । जसपाका यादव प्रदेशसभाका निवर्तमान सभामुख हुन् भने चौधरी निवर्तमान प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्