बारा क्षेत्र नं. ३ मा जसपाका उम्मेदवारले गरे मनोनयन


eShilalekh

२३ आश्विन २०७९, आईतवार २२:२३

सिमराः बारा क्षेत्र नं. ३ मा जसपाबाट प्रतिनिधिसभा सदस्य पदमा निवर्तमान सांसद प्रमोद गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । गुप्ताले कलैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

गुप्ता २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा तत्कालिन संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका थिए । गुप्तालाई जसपाले दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

गुप्तासंगै प्रदेशसभातर्फ ३(क) मा भरतबहादुर खड्का र ३(ख) मा पारस साहले उम्मेदवारी दर्ता गराएका छन् । साह निवर्तमान प्रदेशसभा सदस्य हुन् ।

बाराको अन्य तीन निर्वाचन क्षेत्रमा एमाले र जसपाबीच तालमेल भएपनि क्षेत्र नं. ३ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमती भएको थियो । सहमती बमोजिम दुवै पार्टीले उम्मेदवारी दिएका हुन् ।

उक्त क्षेत्रमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा पूवमन्त्री ज्वालाकुमारी साह, प्रदेशसभातर्फ ३(क) मा रविनदास श्रेष्ठ र ३(ख) मा महमद समिरले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्