बारा क्षेत्र नं. २ मा पूर्वमन्त्री यादवले गरे उम्मेदवारी दर्ता


eShilalekh

२३ आश्विन २०७९, आईतवार २२:३२

सिमराः बारा क्षेत्र नं. २ मा जसपाका नेता एवम् पूर्वमन्त्री रामसहाय यादवले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले र जसपाबीचको सहमती अनुसार यादवले उम्मेदवारी दर्ता गराएका हुन् । यादव पूर्व वनमन्त्री हुन् । उनि २०७४ सालको निर्वाचनमा पनि बारा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

यसैगरी बारा क्षेत्र नं. २(क) मा एमाले केन्द्रीय सदस्य बलबिर चौधरी र २(ख) मा जसपाका बच्चा यादवले उम्मेदवारी दिएका छन् । यादव निवर्तमान प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्