बारा क्षेत्र नं. ३ मा गठबन्धनका उम्मेदवारले दिए उम्मेदवारी


eShilalekh

२३ आश्विन २०७९, आईतवार २२:४०

सिमराः बारा क्षेत्र नं. ३ मा गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धन दलबीच भएको सहमती अनुसार प्रतिनिधिसभा सदस्यमा लोसपाका लालबाबु सिंहले उम्मेदवारी दिएका छन् ।

कांग्रेसका नेता सिंह कांग्रेस छोडेर लोसपाबाट चुनाव लड्न लागेका हुन् । लोसपाले यसअघि प्रमोद गुप्तालाई टिकट दिने निर्णय गरेको थियो । तर गुप्ताले चुनाव लड्ने मनस्थिती नबनाएपछि लोसपाले सिंहलाई प्रवेश गराउदै टिकट दिएको हो ।

यसैगरी प्रदेशसभातर्फ ३(क) मा नेकपा माओवादी केन्द्रका मुकेश साह र ३(ख) मा नेपाली कांग्रेसका जयचन्द्र चौरसियाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्