बारा क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवारले दिए उम्मेदवारी


eShilalekh

२३ आश्विन २०७९, आईतवार २२:४८

सिमराः बारा क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धन दलबीच भएको सहमती अनुसार प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहाले उम्मेदवारी दिएका हुन् ।

कुशवाहा संविधान सभा सदस्य हुन् । उनि २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी प्रदेशसभातर्फ २(क) मा लोसपाका मोतिलाल कुशवाहा र ३(ख) मा नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्