बारा क्षेत्र नं. ४ मा तीन पदका लागि ४८ जनाको उम्मेदवारी (सूचिसहित)


eShilalekh

२४ आश्विन २०७९, सोमबार ०९:३०

सिमराः बारा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको एक, प्रदेशसभाको दुई सीटका लागि ४८ जनाको उम्मेदवारी परेको हो ।

क्षेत्र नं. ४ को प्रतिनिधिसभामा २० जनाको उम्मेदवारी परेको छ । जसमा १० जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्रमध्ये राजनीतिक दलका उम्मेदवारले उठाएका ‘डमी’ उम्मेदवार समेत छन् । डमी उम्मेदवारका सूविधा प्रयोग गर्न राजनीतिक दलले आफू नजिकका व्यक्तिलाई उम्मेदवारका रुपमा उठाउने गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि नेकपा एमालेका एकबाल मिया, नेकपा एकिकृत समाजवादी कृष्णकुमार श्रेष्ठ, नेपाल सद्धावना पार्टीका खेदू महतो धानुक, राष्ट्रिय प्रजातन्त्र पार्टीका जलिल देवान, राष्ट्रिय स्वतन्त्र पार्टीका पवन चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रोहनकुमार, जनता प्रगतिशिल पार्टी नेपालका श्रीनिवास महतो, हाम्रो नेपाली पार्टीका सन्तोषकुमार गुप्ता, विवेकशील साझा पार्टीका सुनिलप्रसाद साह कलवार र जनमत पार्टीका हरिप्रसाद कुर्मीको उम्मेदवारी परेको छ ।

यसैगरी प्रतिनिधिसभाका लागि स्वतन्त्रतर्फ ईच्छाबहादुर वाग्लेले उम्मेदवारी दिएका छन् । वाग्ले नेपाली कांग्रेसका नेता हुन् । कांग्रेसले बारा क्षेत्र नं. ४ मा उम्मेदवारी दिनबाट बञ्चित भएपछि वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । स्वतन्त्र उम्मेदवारी दिने अन्यमा रामकृष्ण तिवारी, रामश्रेय प्रसाद कुशवाहा, हरि महरा, किशोरीलाल कुर्मी, गोविन्दप्रसाद मण्डल, दिनेशप्रसाद भेडिहर, नेमराजप्रसाद जैसवाल, पूर्णप्रसाद पन्थ र हरीनारायण सहनी मलाह रहेका छन् ।

प्रदेशसभा ४(क) तर्फ नेकपा एमालेका देवनारायण चौधरी, नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ, हाम्रो नेपाली पार्टीका संतोष कुशवाहा, जनमत पार्टीका गणेशप्रसाद यादब, विवेकशील साझा पार्टीका डम्बरबहादुर खत्री, नेपाली कांग्रेस बीपीका द्धारिका श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका नन्दालाल राउत, जनता प्रगतिशिल पार्टी नेपालका मारकन्डे प्रसाद, राष्ट्रिय प्रजातन्त्र पार्टीका यमकुमार जर्का मगरले उम्मेदवारी दर्ताका गराएका छन् ।

प्रदेश सभा ४(क) मा नारायणी रायमाझीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । नेपाली कांग्रेसकी नेतृ रायमाझीले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । यसैगरी स्वतन्त्र उम्मेदवारी दिने अन्यमा अनिलकुमार साह, कृष्ण प्रसाद चौलागाई र महेन्द्रप्रसाद थारु रहेका छन् ।

प्रदेश सभा ४(ख) तर्फ लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनल, जनता समाजवादी पार्टीका आत्माराम साह, जनता प्रगतिशिल पार्टी नेपालका छोटेलालप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपेन्द्रकुमार कलवार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवबाबु प्रसाद कुर्मी, विवेकशील साझा पार्टीका धनन्जयप्रसाद यादव, नेपाल लोकतान्त्रिक पार्टीका प्रभुप्रसाद गुप्ता, हाम्रो नेपाली पार्टीका लक्ष्मीनारायण महतो र जनमत पार्टीका सुरेश प्रसादले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा ४(ख) मा ६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिनेमा उमेश कुशवाहा, अजयकुमार गुप्ता, केदारप्रसाद तेली, मोजाइद अंसारी, राजु देवान र राजकुमार राम रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिने कुशवाहा एमालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्